काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी सिर्जना सिंह उम्मेद्वार बन्ने लगभग निश्चित भएको छ ।
सत्तारुढ गठबन्धनको तर्फबाट महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका छन् ।
सत्ता गठबन्धनको मंगलबार बसेको बैठकमा काँग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने बताइएको छ । लामो समय सक्रिय राजनीतिमा नरहेकी सिंहले मेयरको इच्छा राखेपछि अन्य आकांक्षी पछि हट्नुपरेको छ ।