May 31, 2023, Wednesday
२०८० जेष्ठ १७
1:37:26 pm

निर्वाचनका लागि जारी एमालेको घोषणापत्र अनुमोदन

1.8K

काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । सोमबार पार्टीका अध्यक्षको निवास बालकोटमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

पार्टीले उक्त घोषणापत्र तयारीका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो ।

एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने छ । बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सम्पर्क समवय कमिटीमा ५१ जना थप गर्ने भएको जनाइएको छ ।

Advertisement