May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

भरतपुर महानगर माओवादीलाई दिने सहमति भइसकेको छ : प्रचण्ड

240

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको नेतृत्व आफूहरुलाई दिने विषयमा गठबन्धनभित्र करिब सहमति भइसकेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीलाई भरतपुर महानगरपालिकाको नेतृत्व दिने विषयमा सबैजसो दल तयार भएको बताएका हुन् ।

‘मोटामोटी सबै साथीहरुको भित्री मनमा के छ भने भरतपुर नै दिनु उचित हुन्छ, कांग्रेसलाई पनि लागेको छ धेरैलाई, केही केहीलाई मात्र नलागेको होला त्यसकारण हामी अहिले बेलुकासम्म टुंग्याउँछौं’ उनले भने ।

Advertisement

भरतपुर महानगरपालिकाको मेयर चाहिन्छ भनेर आफूहरुले अडान नराखेको पनि उनले दाबी गरे । ‘भरतपुर नै नभई भएन रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला । काठमाडौ दिने भए पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ ।’