May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

गोलाञ्जोरमा बराल सर्वसम्मत उम्मेदवार

820

काठमाडौं । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि प्रभावशाली नेता शंखरराज बरालको सिफारिस गरिएको छ । जिल्ला इञ्जार्ज तथा सांसद गणेश पहाडीको उपस्थितिमा भएको बसेको गाउँपालिका पार्टी पदाधिकारीको बैठकले नेता बराललाई गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो । सिन्धुलीमा सर्वसम्मत उम्मेदवार चयन गर्ने गोलाञ्जोर गाउँपालिका पहिलो बनेको छ ।

लामो समयदेखि विद्यार्थी राजनीतिमा क्रियाशील रहँदैआएका नेता बरालले २०४७ सालमा एमालेको सङ्गठित सदस्यता प्राप्त गरेका थिए । उनले बासेश्वर–६, गोक्सिला गाउँ कमिटीको अध्यक्ष हुँदै इलाका कमिटी सचिवको जिम्मेवारी वहन गरेका छन् । भूगोलमै रहेर लामो समयदेखि राजनीति गरिरहेका बराल सरल स्वाभावका नेताका रूपमा परिचित छन् ।

स्थानीय जनताको चाहनाअनुरुप नेता बराललाई गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि सर्वसम्मत चयन गरिएपछि स्थानीय नेता, कार्यकर्ता तथा जनता उत्साहित बनेका छन् ।

Advertisement