November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रेशम चौधरीलाई जन्मकैद फैसलाप्रति भट्टराईको असन्तुष्टि

3.9K

काठमाडौँ – टीकापुर घटनामा मूख्य दोषी ठहर भएका सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूलाई उच्च अदालत दिपायलले पनि जन्मकैदको सजाय सुनाएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन्।

बिहीबार अबेर सुनाइएको फैसलामाथि ट्वीटरमा प्रतिक्रिया दिदैं पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले असन्तुष्टि जनाएका हुन् ।

उनले ट्वीटमा भनेका छन्,’यथास्थितिको रक्षार्थ कानून/अदालत बन्छन्। अत:उत्पीडित थारूजातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी,लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन! विडम्बना झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो! यो अन्याय सैह्य छैन। थारू नायकहरूलाई सलाम!’

Advertisement

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई ब्यंग्य गर्दै अदालतको पछिल्लो निर्णयमा असन्तुष्टि जनाएका हुन् ।