November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेस संसदीय दलको बैठक बस्दै

4.4K

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदिय दल कार्यसमितिको बैठक आज बस्दैछ। 

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन माग गरिसकेको छ।  बैठकमा यहि बिषयमा पार्टीका सांसदहरुबीच थप छलफल गर्नुका साथै सरकारविरुद्ध प्रस्तुत हुने रणनीति तय गर्ने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिइन्।

बैठक संघीय संसद भवन नयाँबानेश्वरमा विहान साढे १० बजे बस्नेछ। सरकारले संवैधानिक आयोगहरुमा पदपूर्तिका लागि परिषद बैठकमा कोरम नपुगेपछि कानुन संशोधनका लागि संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएको थियो। 

Advertisement