July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

एमालेलाई अब बीमाले, सीमाले भन्नुस्: माधवकुमार नेपाल

2.3K

गोरखा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले एमालेबाट बीमाले, सीमाले बनेको बताएको छन् ।

शनिबार गोरखामा पार्टीद्धारा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले एमालेको सुर्यमा ग्रहण लागिसकेको बताउँदै वास्तविक एमालेबाट बीमाले, सीमाले बनेको बताएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘नेकपा एमाले अब एमाले रहेन । बीमाले, सीमाले भन्नुस् । सूर्यमा ग्रहण लागिसकेको छ मूलधारको पार्टी हाम्रो हो ।’

Advertisement

एमालेबाट छुट्टिएर बनाएको नेकपा (एस) नै मूलधारको पार्टी रहेको अध्यक्ष नेपालले बताए । उनका अनुसार नेकपा (एस) एउटै पार्टी हो जसले मात्र जनताको समस्या बुझिरहेको छ ।

अहिले एमाले छोडेर आफ्नो पार्टीमा आउनेहरुको संख्या असंख्य रहेको पनि अध्यक्ष नेपालको भनाइ छ । साथै, आगामी हुने चुनावले नेकपा (एस) को जग दह्रो बनाउने पनि उनले ठोकुवा गरे ।