काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा अरू दलहरूसँग तालमेल गर्ने वा नगर्ने बारे अब बस्ने केन्द्रीय समितिबाट निर्णय गरिने बताएको छ ।
आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले भने, ‘अहिले गठबन्धन गरेर जाने कि नजाने भन्नलाई अपरिपक्क हुन्छ, अब बस्ने केन्द्रीय समिति बैठकमा यसबारे छलफल गरेर आवश्यक निर्णय गर्छौं ।’
त्यस्तै, काँग्रेस प्रवक्ता प्रकाशशरण महतले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावसम्म गठबन्धन रहने संकेत गरेको बताए ।