February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

रौतहट कांग्रेस सभापतिमा सुनिलकुमार यादव विजयी

२०७८ फाल्गुन २४

2.5K

काठमाडौं : नेपाली कांग्रेस रौतहट सभापतिमा सुनिलकुमार यादव विजयी भएका छन्। उनले १ हजार ३ सय ६२ मत प्राप्त गरेका छन्। निकटतम हृद्यनारायण यादवले १ हजार ६४ मत पाए।

विजयी सुनिल देउवा पक्षका र हृद्यनारायण कोइराला पक्षका हुन्। जिल्ला कार्यसमितिको एक सचिव बाहेक सबै पदमा देउवा पक्षकै बर्चश्व  रेहेको छ। 

 दुई उपसभापतिमा संस्थापन पक्षकै धिरेन्द्रकुमार सिहले १ हजार २ सय ८७ मत र रामलोचन प्रसाद कलवारले १ हजार ३ सय ८३ मत ल्याई विजयी भएका छन्। कोइराला पक्षका मोहम्मद महताब आलमले १ हजार १ सय ९१ र विनोद गुप्ताले ८ सय २५ मत पाए। 

Advertisement

सचिवमा संस्थापन पक्षका राजेशकुमार चौधरीले १ हजार ३ सय ९ मत पाएर विजयी भए। सचिवमा भने कोइराला पक्षका रामचन्द्र गिरिले १ हजार १ सय ४२ मत पाएर विजयी भए। संस्थापन पक्षका सुभाष कोइरालालाई १० मतले पछि पार्दै गिरी विजयी भएका हुन्। दुई सहसचिवमा संस्थापन पक्षकै मोहम्मद फिरोज आलमले १ हजार ३ सय ८३ र सिकेन्द्रप्रसाद पटेलले १ हजार २ सय ४१ मत पाई विजयी भएको निर्वाचन अधिकृत दिपकराज रेग्मीले जनाकारी दिए। 

का्रग्रेसको विधानमा एक सभापति, दुई–दुई जना उप सभापति, सचिव र उपसचिव रहने प्रावधान छ।