June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी

२०७८ फाल्गुन २१

1.3K

काठमाडौं । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी भएका छन् ।

शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उहाँ स्वतः विजयी भएका हुन् ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान हुने कार्यक्रम तय भएको थियो ।

Advertisement

पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गर्नुभएका खनाल र श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भनिए पनि श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी विजयी भएका हुन् ।

पहिलो चरणमा खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए । यस्तै श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र प्रा डा सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका थिए भने १०१ मत बदर भएको थियो । अन्य पदको मतगणना हुन बाँकी रहेको छ ।