February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

एमसीसी नेपालको संसद्ले पारित गरिसकेको छ ,अब नेपाल धनी हुन्छ: रामचन्द्र पौडेल

२०७८ फाल्गुन २१

2.4K

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालले अब विकासमा फड्को मार्ने बताएका छन् । नेपाल निजामती कर्मचारी यूनियन केन्द्रीय कार्यसमितिको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले नेपालमा एमसीसी पारित भएको र अब नेपालले विकासमा फड्को मार्ने बताएका हुन् ।

नेता पौडेलले भने, ‘नेपालले अब विकासमा फड्को मार्ने छ,’ नेता पौडेलले भनेका छन्, ‘एमसीसी नेपालको संसद्ले पारित गरिसकेको छ । अब सडक बन्छ, प्रशारण लाइन बन्छ । अब नेपाल धनी हुन्छ । नेपाल देश गरिब रहनु हुन्न ।’

नेता नेपालले समृद्धि, सुशासन, विकास र सामाजिक न्याय समाजको अभिन्न तत्व भएको भन्दै यसमा एमसीसीले सहयोग गर्ने बताए ।

Advertisement