November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

माइन्युट च्यातेको आरोपमा एकजना वडाध्यक्ष पक्राउ

2.3K

धनगढी । माइन्युट च्यातेको आरोपमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको त्रिवेणी नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष प्रेमबहादुर थापा रहेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाहले वडाध्यक्ष्य थापाले कार्यपालिका बैठकको निर्णय पुस्तिका च्यात्नुका साथै कर्मचारी र जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएका थिए । उनको उजुरीपछि प्रहरीले वडाध्यक्ष थापालाई बुधबार पक्राउ गरि हिरासतमा राखेको स्रोतले जनाएको छ ।

अर्का वडा नम्बर ९ का वडाध्यक्ष वीरबहादुर विष्टमाथि पनि सोही आरोपमा प्रशासकीय अधिकृत शाहले उजुरी दिएका छन् । विष्ट भने फरार छन् ।

Advertisement

यही माघ १० गते कार्यपालिकाको बैठकको निर्णय थापा र विष्टले च्यातेको आरोप छ ।