May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

आज रातिदेखि राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरू हुने

345

काठमाडौं । आज रातिदेखि राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरू हुने भएको छ। रिक्त १९ पदका लागि यही माघ १२ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ।

आज राति १२ बजेदेखि मौन अवधि सुरू हुने भएकोले यो अवधिमा निर्वाचनसम्बन्धी प्रचारप्रचार नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ। मौन अवधिमा उम्मेदवारले भोट माग्न र प्रचारप्रसार गर्न नपाइने पनि आयोगले जनाएको छ।

सत्तारूढ पाँच गठबन्धन, नेकपा एमालेसहित १२ राजनीतिक दलले राष्ट्रिय सभा निर्वाचनमा भाग लिने भएका छन्। १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।

Advertisement

राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सांसद गरी २०२५ जना मतदाता छन् ।

मौन अवधिभन्दा अघि चुनाव चिन्ह र प्रसारप्रसारका सामग्री हटाउनुपर्ने हुन्छ। मतदान स्थलभन्दा ३ सय मिटर वरपर प्रचार सामग्री राख्न नपाइने भएको हो। त्यस्तै सञ्चार माध्यमबाट पनि प्रचारप्रसार गर्न पाइने छैन।