April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

शेखर कोइराला समूहको निष्कर्ष– देउवाले पेलेर जान खोजे

3.4K

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवाले आफूविरुद्धको मतलाई अपमान गरेर जान खोजेको निष्कर्षमा निकालेको छ । 

समूहका नेताहरूको आज काठमाडौंको अनुपम फुडल्यान्डमा भएको छलफलबाट सभापति देउवाले शेखर समूहलाई पेलेर जान खोजेको निष्कर्ष निकालेको हो ।

छलफलमा सहभागी एक नेताकाअनुसार सभापति देउवाले राष्ट्रिय सभाको निर्वाचनका लागि टिकट वितरण गर्दा आफूहरूले पाएको जनमतलाई बेवास्ता गरेको विषयमा छलफल गरिएको छ । छलफलले सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गर्दा पनि जनमतको अपहेलना गर्न खोजेको तथा शेखर समूहलाई पेलेर अघि बढेको निष्कर्ष निकालेको छ । 

Advertisement

छलफलमा सहभागी नेता बलबहादुर केसीले एकदमै अनौपचारिक कुराकानी भएको बताए । बुधबारका लागि समूहले समीक्षा बैठक बोलाएको भन्दै उनले सोही बैठकको तयारीको रूपमा लिनुपर्ने बताए । 

“चिया पिउँदै एकदमै अनौपचारिका गफ भएको हो, भोलि बोलाइएको समीक्षा बैठकलाई लिएर साथीहरूको धारणा सुन्ने काम भयो,” उनले भने । 

शेखर समूले बुधबार २ बजे समूहको बैठक बोलाएको छ । बैठकमा समूहबाट केन्द्रीय समितिमा चुनाव लडेका १३३ जनासहित समर्थकहरूलाई बोलाइएको छ । यो बैठकले महाधिवेशनको समीक्षा गर्दै भाबी रणनीति तय गर्ने केसीले जानकारी दिए ।

आजको छलफलमा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरू अर्जुननरसिंह केसी, बलवहादुर केसी, उपसभापतिका उमेदवार डा. चन्द्र भण्डारी र महामन्त्रीका उमेदवार डा. मिनेन्द्र रिजालको उपस्थिति रहेको थियो ।