November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आवश्यक परे जिम्मेवारी छोड्न तयार छु : प्रचण्ड

3K

काठमाडौँ- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक परे आफ्नो जिम्मेवारी छोड्न तयार रहेको बताएका छन्।

पार्टी एकता र परिवर्तनविरोधी शक्तिहरू सडक प्रर्दशनमा उत्रिएको प्रसंग कोट्याउँदै प्रचण्डले यस्तो अवस्थामा आफू र अरू नेताहरूले आवश्यक परे आफ्नो जिम्मेवारी छोड्न तयार हुनुपर्ने बताएका हुन्। नेकपा विवाद चर्किँदै जादा राजावादी शक्तिले राजा ल्याउनुपर्ने भन्दै दैनिकजसो सडक प्रर्दशन गरेको विषयलाई जोडेर प्रचण्डले यस्तो बताएका हुन्। 

‘हामीले लामो संघर्ष र बलिदानबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशितालगायत परिवर्तनका मुद्दा संस्थागत गर्‍यौँ। त्यसमा लाखौँलाख जनताको रगत र पसिना बगेको छ।

Advertisement

त्यत्तिकै संख्यामा घाइते अपांग र बेपत्ता भएका छन्,’ प्रचण्डको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘ती परिवर्तनका मुद्दा उल्ट्याउन विभिन्न शक्ति सडक प्रदर्शनमा छन्। परिवर्तनका मुद्दा जोगाउन जिम्मेवारी छोड्नुपर्ने अवस्था आए म तयार छु।

तपाईंहरु पनि आफ्नो तर्फबाट तयार हुनुहोस्।’ नेकपा विवाद चर्किएका बेला जनयुद्ध र जनआन्दोलनबाट विस्थापित राजतन्त्र फर्काउन राजावादी शक्ति लाग्नु राम्रो संकेत नदेखिएको प्रचण्डले टिप्पणी थियो।