November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको भन्दै भट्टराईले दिए कांग्रेसलाई बधाई

2.2K

काठमाडौं  – पूर्व-प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले वर्तमान सरकारविरुद्ध सडकमा प्रदर्शन गरेको भन्दै कांग्रेसलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा लेखेर डाक्टर भट्टराईले सरकारको निरङ्कुशता र कुशासनविरुद्ध उत्रिएको भन्दै कांग्रेसलाई बधाई दिएका हुन्। 

‘ओली सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई!’ भट्टराईले भनेका छन्। उनले जसपा पनि पार्टी समायोजनको काम सकेर छिट्टै सडक र सदनबाट गर्जने बताएका छन्। त्यस्तै उनले अब सदन बोलाउन पनि पहल गर्न भनेका छन्। 

‘लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकार र कर्तव्य हुन्,’ उनले लेखेका छन्, ‘अब सदन बोलाउन पहल गरौं। जसपा पनि छिट्टै पार्टी एकता समायोजनको काम सकेर सडक सदनमा गर्जन्छ!’ 

Advertisement