काठमाडौं – नेपाली कांग्रेसले आज गरिरहेको देशव्यापी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्दै सुतेको बाघलाई जिस्क्याउने प्रयत्न नगर्न चेतावनी दिए।
शर्माले कोरोना भाइरसको महामारीका बेला कांग्रेस सडकमा आउनुको कारण १ लाख रुपैयाँ अस्पतालमा जम्मा गर्न नसकेर ज्यान गुमाउनेका नेपालीको जिम्मेवार को हो भन्दै प्रश्न उठाउँन सडकमा आएको बताए ।
उनले किन सरकारले कोरोना परीक्षण दर बढाएन, किन क्वारेन्टिन व्यवस्थापन भएन,किन काठमाडौंको सडकमा सुर्यबहादुर तमाङलगायतले भोक भोकै ज्यान गुमाए ? कांग्रेस यस्तै प्रश्न गर्न सडकमा आएका शर्माले बताए।
नेता शर्माले जताततै भ्रष्टाचार भइरहेका बेला यसको रोकथाम र निष्पक्ष छानबिनका लागि कांग्रेस सडकमा आएको बताए।