June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

मेरो जन्ममितिबारे भ्रम फैलाइयो : न्यायाधीश खड्का

2.5K

काठमाडौँ — सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममितिबारे भ्रम फैलाइएको बताएकी छन् । विभिन्न सञ्चारमाध्यममा न्यायाधीश खड्काको दुईथरी जन्ममिति रहेको र उनले त्यसबाट लामो समय पदमा बस्नेगरी लाभ लिन खोजेको आरोपसहितका समाचार प्रकाशन भएपछि खड्काले विज्ञप्ति निकालेर खण्डन गरेकी हुन् । 

सर्वोच्च अदालतका न्यायाधीशहरू ६५ वर्षपछि अनिवार्य रूपमा सेवानिवृत्त हुनुपर्ने संवैधानिक व्यवस्था छ । जसका कारण उनीहरू कति समयसम्म पदमा बहाल रहन्छन् भन्ने कुरा जन्ममितिले निर्धारण गर्ने भएकाले न्यायाधीशहरूको जन्ममितिमा सार्वजनिक चासो रहन्छ ।

न्याय परिषद्को बुलेटिनमा न्यायाधीश खड्काको जन्ममिति २०१४ साल जेठ २ गते उल्लेख भइ प्रकाशन हुँदै आएकोमा बीचका केही अंकमा २०१३ माघ २८ गते उल्लेख भएको थियो ।

Advertisement

न्यायाधीश खड्काले आफ्ना एसएलसी लगायत सम्पूर्ण शैक्षिक प्रमाणपत्रमा, शाखा अधिकृत पदमा न्याय सेवामा प्रवेश गरेपछि २०३९ सालमा भरेको निजामति कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) फारममा र २०६१ र २०७१ सालमा न्यायाधीशको हैसियतमा भरेको वैयक्तिक विवरण फारममा आफ्नो जन्ममिति २०१४ जेठ २ उल्लेख भएको उनले बताएकी छन् ।