March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

एमालेले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्‍यो : नेता पौडेल

2.1K

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेले नेकपा (एमाले)ले देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गरेको आरोप लगाएका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता पौडेलले राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने एमालेको क्रियाकलाप आपत्तिजनक रहेकाले त्यसतर्फ सचेत रहन नागरिकको ध्यानाकर्षण गरेका छन्।

pinup pin up pin up pinup

नेता पौडेलले लेखेका छन्‚ ‘६ महिनाको समयमा दुई/दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन्।’

Advertisement

यस्तै‚ उनले सरकारले पनि देशलाई लोकतान्त्रिक गति दिन नसकेको टिप्पणी गरेका छन्। ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामु सर्मपर्ण गरेको ठहर्नेछ।’

नेता पौडेलले देशलाई प्रयोगको थलो बनाएर थिलथिलो बनाएर समावेशी संसदीय प्रणाली सिध्याउने षड्यन्त्र पनि भइरहेको बताएका छन्। ‘देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो‚’ उनले लेखेका छन्‚ ‘समावेशी संसदीय प्रणालीनै सिध्याउन खोजिएको देखिन्छ।’