January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

राप्रपाको मतदान रातभर जारी, अझै १७ सय मत खस्न बाँकी

215

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको मतगणना जारी रहेको छ । शनिबार अबेर गरी सुरु भएको मतदान प्रक्रिया जारी रहेकाले अझै लम्बिने भएको छ ।

निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार यो समाचार तयार पार्दासम्म २९ सय मत खसेको छ । अझै १७ सय मत खस्न बाँकी रहेको नेता मोहन श्रेष्ठले जनाएको छ ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि कूल मतदाता ४ हजार ४६९ रहेका छन् ।

Advertisement

राप्रपाको निर्वाचन प्रक्रियामा २६४ उम्मेदवार रहेका छन् । नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा रहेका छन् ।

उम्मेदवारको लिस्ट लामो रहेको र कसलाई मत हाल्ने भन्ने लिस्ट नहुँदा मतदान अन्योलमा परेको बताइएको छ । मतदानका लागि बढीमा १५ मिनेट लाग्नेमा प्रतिनिधिले आधा घण्टासम्म लगाउने गरेका छन् ।

निर्वाचन अधिकृत बस्नेतले आजै मतदान सकेर राति नै मतगणना गरिने बताए ।