January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

केपी शर्मा ओलीले आज पदभार ग्रहण गर्ने

510

काठमाडौं । केपी शर्मा ओली आज अध्यक्षका लागि पदबहाली गर्दैछन् । चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले) का अध्यक्ष ओलीले आज दिउँसो १ बजे पदबहाली गर्ने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नेछन् ।

ओली प्रतिद्धन्द्धी भीम रावललाई पराजित गरी दोस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

Advertisement