January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

255

काठमाडौं । नेकपा एमालेको दशौँ महाधिवेशनबाट निर्वाचित हुने विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि महाधिवेशनस्थलमा पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरिएको हो ।

निर्वाचन आयोगले केन्द्रीय कमिटी, अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन प्रयोजनका लागि संशोधित कार्यतालिकासमेत प्रकाशित गरेको छ । नयाँ तालिकाअनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशन अहिले ३ बजेसम्मलाई तोकिएको उल्लेख छ ।

Advertisement

पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी÷विरोधलगायतका प्रक्रिया सुरू हुनेछछ । निर्वाचन समितिका अनुसार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरू गर्नेछ ।