January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

नेकपा एकीकृत समाजवादी र मालेबीच पार्टी एकीकरण

540

खोटाङ । खोटाङमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)बीच पार्टी एकीकरण भएको छ । एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई र मालेका जिल्ला संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकीकरण भएको घोषणा गरेका हुन् ।

विज्ञप्तीका अनुसार बिहीबार औपचारिकरूपमा दुई पार्टीबीच एकीकरण भएको हो । गत कात्तिक २५ गते खोटाङका पुराना वामपन्थी नेता एवं पूर्वसांसद कुलप्रसाद शर्मा फुँयाल, पोलिटब्यूरो सदस्य एवं प्रदेश सचिवालय सदस्यलगायत चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

फुयाँलसहित केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शंकर पोखरेलले एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

Advertisement

एकीकृत समाजवादीका वार्ता टोली संयोजक बेदुराम भुसाल र मालेका वार्ता टोली संयोजक फुँयालबीच गत कात्तिक २५ गते मालेको २५ सदस्यीय जिल्ला कार्यसमिति एकीकृत समाजवादीमा समायोजन गर्ने सहमति भएको थियो । माले छाडेका पूर्वसांसद फुँयाल एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन् ।