December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

जसपाका केन्द्रीय नेता प्रदीप यादवलाई कारबाही, पद खोसियो

190

काठमाडौं । जनता समाजवादी पार्टीका नेता केन्द्रीय सदस्य प्रदीप यादवको पद खोसिएको छ । पार्टी विभाजनको प्रयास गरेको र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएको आरोपमा उनलाई कारबाही गरिएको हो । उनको पार्टीको साधारण सदस्यता र सांसद पद भने कायमै राखिएको छ ।

गठबन्धन सरकारमा मन्त्री बन्न नपाएपछि अध्यक्ष यादवको पुत्ला जलाएको नेता यादवलाई आरोप लागेको छ भने उनिबारे थप अनुसन्धान गर्नका लागि नवराज सुवेदीको संयोजकत्वमा छानबिन समिति समेत गठन गरिएको छ ।

उनीमाथि केपी शर्मा ओलीको नेतृत्वको सरकारमा हुँदा यादवले पार्टी फुटाउने प्रयास गरेको अभियोग लागेको छ ।

Advertisement