काठमाडौँ । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनले मंसिर १० गतेबाट चितवनमा हुने १० राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको हो ।
उनले यसअघि आफू निकटसँग महासचिवमा उम्मेदवारी दिन सक्नेबारे छलफल गरेका भुसालले महाधिवेशन नजिकिँदै गर्दा उपाध्यक्षको तयारीमा पुगेका छन् । उनले महासचिवभन्दा उपाध्यक्षमा उम्मेदवारी दिँदा जित्ने संभावना बढी भएको कारण उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको हो । उनलाई शुभचिन्तकहरुले पनि महासचिवभन्दा उपाध्यक्ष जित्न सहज हुने सुझाव दिएका छन् ।
तर, भुसालले अहिलेसम्म कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा मुख खोलेको छैन ।