May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

जसपाको सुज अभियान अन्तर्गत झापामा कार्यक्रम सम्पन्न

2.8K

झापा । जनता समाजवादी पार्टी, नेपाल बुद्धशान्ति गाउँपालिका समितिमा सुज अभियान अन्तर्गत झापा क्षेत्र नं. १ (ख)मा कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राधा थापाको उपस्थिति रहेको थियो । त्यसैगरी समाजवादी थारु संघका केन्द्रिय सचिव हरिनारायण चौधरी, अतिथिहरु नेपाली समाज प्रवास संगठन साइप्रस अध्यक्ष तथा बुद्धशान्ति गाउँपालिकाका सल्लाहकार तारा लिम्बू, प्रदेश सदस्य एनु भट्टराई समाजवादी युवा संघ केन्द्रिय सदस्य रमेश तुम्रोक, बुद्धशान्ति गाउँपालिका गाउँकार्य समितिका उपाध्यक्ष लक्ष्मी चौधरी बुद्धशान्ति गा.पा.वडा नम्बर ६ का अध्यक्ष लेखनाथ आचार्य, बुद्धशान्ति गा.पा. वडा ५ का अध्यक्ष सन्तोष निरौला, मेचीनगर वडा नम्बर ९ का अध्यक्ष महेन्द्र चौधरीलगायत गाउँकार्य समितिका पदाधिकारी तथा सदस्यको पनि उपस्थिति रहेको थियो ।

संयोजक अग्नि माया मेचेको सभाअध्यक्षमा कार्यक्रम सम्पन्न कार्यक्रममा पार्टी सदस्यता नवीकरण तथा पार्टी नयाँ सदस्यता वितरण समेत गरिएको थियो ।

Advertisement

कार्यक्रमलाई सञ्चालन बुद्धशान्ती गा.पा.गाउँकार्य समितिका अध्यक्ष दुर्गा नेम्बाङले सञ्चालन र स्वागत मन्तव्य वडा नम्बर ५ का सन्तोष निरौला र समाजवादी थारु संघ केन्द्रिय सचिब हरिनारायण चौधरीले राखेका थिए ।