जापान । नेकपा (माओवादी केन्द्र) को संगठन नेपाली जनप्रगतिशील मञ्च, जापान नागोया क्षेत्रीय समितीको आठौँ अधिवेशन सम्पन्न भएको छ । नागोयामा आइतबार एक समारोहकाबीच अधिबेशन सम्पन्न भएको हो । अधिबेशनले हरीबाबु तामाङको अध्यक्षतामा २७ सदस्यीय नेपाली जनप्रगतिशील मञ्च च्यूबुर मिए क्षेत्रीय कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ ।
मञ्चको उपाध्यक्षमा नवराज चापागाईं, ज्ञानेन्द्र श्रेष्ठ र किशानलाल उप्रेती रहनु भएको छ भने सचिवमा रंजित गौतम, सहसचिवमा दिनेश लामा र सागर थापा बगाले, कोषाध्यक्षमा दावा शेर्पा, सह–कोषाध्यक्षमा किरणसागर तिवारी र बोम गुरूङ रहेका छन् । त्यसैगरि सदस्यहरूमा वैकुण्ठ गौतम, मनोज अधिकारी, किरण चौलगाईं, मानबहादुर तामाङ, रमेश विश्वकर्मा, सरोज गिरी, शिवराम बूढ़ाथोकी, कृष्ण गुरुङ, अनिल अधिकारी, झरेन्द्र कुँवर, यम मगर, उद्धव पाण्डे, लक्ष्मी रिजाल र सुनीता तिवारी रहेका छन् ।
अधिबेशनले रामबहादुर खत्रीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहाकार समिति पनि गठन गरेको छ । जसको सदस्यहरूमा नरबहादुर थापा, धनबहादुर खत्री, गंगा घर्ती मगर, पुष्पा घिमिरे, ओम देवकोटा र अजय थापा छन् ।
सो कार्यक्रममा नेपाली जनप्रगतिशील मंच जापान प्रवास समन्वय समिति सदस्य तथा पूर्व अध्यक्ष अरुणकुमार श्रेष्ठ, जनप्रगतिशील मञ्च जापानका केन्द्रीय अध्यक्ष हवलचन्द्र लामा, पूर्व अध्यक्ष मोहन खत्री, सचिब शालीकराम भण्डारी, पूर्वी एसिया समिति सदस्य भवानी पन्त र रामहरी पूडासैनी, एनआरएनए एसिया प्याशिफिक संयोजक गोविन्द श्रेष्ठ, एनआरएनए निवर्तमान सचिब विष्णुप्रसाद घिमिरे, मंचको सदस्यता वितरण उप–समितिका केन्द्रीय संयोजक पार्टी बाबुराम पौडेल, प्रचारप्रसार उपसमिति संयोजक श्यामहरी पाण्डे, कानसाइ इन्चार्ज श्रबण सत्याल कानसाइ संयोजक प्रकास गैरे,च्यूबु (मिए क्षेत्रीय इंचार्ज आर एच गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अन्य पार्टी छोडी गुल्मेली समाज जापानका उपाध्यक्ष पुरुषोतम न्योपाने पार्टी प्रबेस गर्नुभएको थियो। नवनिर्वाचित अध्यक्ष हरी दोङ तामाङले गर्बका साथ पार्टीको सदस्यता लिन र १२ डिसेम्बर टोक्योमा हुने राष्टिय कमिटी अघिबेसन सफल पार्न सहयोग गर्न अपिल गरे । उक्त कार्यक्रममा संगठनको अवस्थाको बारेमा माओबादी केन्द्रका केन्द्रीय सदस्य,युबा नेता लेखनाथ न्यौपानेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।