April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

एमाले महाधिवेशन: ४१ जिल्लामा प्रतिनिधि चयन

२०७८ कार्तिक २८

2.2K

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ४१ जिल्लामा प्रतिनिधि छनोट कार्य सकिएको छ । आइतबार तीन बजेसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको विवरण प्राप्त भएको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिए ।

उपप्रमुख थापाका अनुसार केही जिल्लामा क्षेत्रगत निर्वाचन भएपनि बाँकी जिल्लामा सहमतिका आधारमा प्रतिनिधिहरू छनोट भएका हुन् । उनका अनुसार उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको बताए ।

बाँकीमा सहमतिकै आधारमा प्रतिनिधिहरू चयन भएको थापाको भनाई छ । प्रतिनिधि छनोट हुन बाँकी रहेका जिल्लाहरुमा सोमबारसम्म सकिने पनि उनले बताए ।

Advertisement

भुगोलबाहेक जनसंगठन, विभाग र विशेष कमिटी तर्फका सवै प्रतिनिधि सहमतिमा चयन भइसकेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनका लागि एमालेले १ हजार ९ सय ९९ प्रतिनिधि चयन गर्ने जनाएको छ । यस्तै एमालेले कात्तिक ३० गते महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गर्दैछ ।