December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

चिसापानी जसपामय बन्दै, विस्तारिदै, फैलदै

२०७८ कार्तिक २६

605

धनुषा । संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान अन्तर्गत धनुषा, गणेशमान चारनाथ नगरपालिका वडा न. ५ चिसापानीमा विभिन्न पार्टी परित्याग गरि पाँच दर्जनभन्दा बढी व्यक्तिहरू जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् । प्रवेश कार्यक्रममा उक्त वडाको गुण्डाही र सखुबनि टोलबाट पनि प्रवेश गरेका थिए ।

नव प्रवेशीहरूलाई संघीय परिषद सदस्य श्यामनारायण यादवले अबिर लगाएका थिए भने केन्द्रीय सदस्य दिपक कार्की (बाबा)ले माला लगाई सदस्यता प्रदान गरि जसपा पार्टीमा स्वागत गरेका थिए । उक्त कार्यक्रम स्थानिय जुझारु, जागरुक युवाद्वय सनम लामा र सुदिप माझीले संयुक्त रूपमा संयोजन गरेका थिए भने कार्यक्रमको अध्यक्षता जसपा धनुषा जिल्ला समन्वय समिति सदस्य अहेव मनोजकुमार भट्टराई गरेका थिए ।

विशेष अतिथि संघीय परिषद् सदस्य श्यामनारायण यादव, अतिथिहरूमा जिल्ला सदस्य राम चलितर यादव, स्थानिय अग्रज नेता केदार खड्का, धनुषा क्षेत्र न.१ कि उपाध्यक्ष कृष्णकुमारी लामा, गणेशमान चारनाथ नगर अध्यक्ष रामएकवाल शार्मा (बाली), गणेशमान चारनाथ नगर कार्यपालिका सदस्य तथा नगर प्रवक्ता रामनरेश राउत, जसपा ५ न. वडा अध्यक्ष बाबुराम थापा, ग.चा. न. पा.निर्वाचित वडा सदस्य मो. जोहर राईन, वडा न. १ का सचिव कमरुदिन राईन, स्थानीय नेता उपेन्द्र महतो, युवानेता राजु यादव रहेका थिए भने जसपा केन्द्रीय सदस्य दिपक कार्की (बाबा) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement

उक्त कार्यक्रममा नव प्रवेशी मध्यकी दिलकुमारी भुजेलले हामीलाई ठूला पार्टीहरूले आश्वासन मात्र दिने, झुक्याउने, भोटबैंकको रूपमा मात्र प्रयोग गरेकोले जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको बताए ।

कार्यक्रममा सनम लामाले स्वागत मन्तव्य राखेका थिए भने अतिथिहरूले पनि मन्तव्य दिएका थिए साथै विषेश अतिथि श्यामनारायण यादवले मन्तव्यकै क्रममा जस्तो परिस्थिति आए पनि जनताको सुख, दुःखमा साथ रहने प्रतिवध्दता जाहेर गर्दै जसपामा जुट्न, जुटाउन अपिल गरे । प्रमुख अतिथि दिपक कार्की (बाबा)ले नवप्रवेशीहरूलाई स्वागत गर्दै बधाई तथा शुभकामना दिँदै अन्य पार्टीहरूभन्दा जसपा नेपाल प्रगतिशील, अग्रगामी र वैकल्पिक पार्टी भएकाले सबैजना एकवद्ध भई शक्ति निर्माण गरि देशको नेतृत्व गरे मात्र नेपाल समृद्ध बन्ने बताए ।

देशको पटकपटक नेतृत्व गरेका पुराना पार्टीहरूले आफूले आफैलाई ठूलो पार्टी भनि स्वघोषणा गर्ने पार्टीहरूले सरकारी उधोग, कलकारखाना ध्वस्त पारी वेरोजगारी सिर्जना गरि देशका उर्वर युवाहरूलाई विदेशमा रोजगारीमा जान वाध्य पारी युवा पलायन बनाएको आरोप लगाए साथै युवाहरूलाई पलायन बनाएर देश समृद्ध नहुने बताए । देशमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्न सरकारसँग अपिल गरे ।

अन्तमा, उक्त कार्यक्रमको पहल र उद्घोषण जसपा नेपालका संघीय परिषद सदस्य रितबहादुर श्रेष्ठ कृष्णले गरेका थिए । कार्यक्रम २०७८ कार्तिक २२ गते भएका थिए । कार्यक्रमको अन्तमा उपस्तिथ सबैलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्षता गर्नुभएका धनुषा जिल्ला समन्वय समितिका सदस्य अहेव मनोजकुमार भट्टराईले समापन गरेका थिए ।