काठमाडौं । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकामा नेकपा एमालेको तर्फबाट निर्वाचित गाउँपाकिा अध्यक्ष सहितका दर्जनौं नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । डोल्पा जिल्ला स्तरीय पार्टी प्रशिक्षण भेलामा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनीहरुलाई माला खादा लगाएर पार्टीमा प्रवेश गराएका थिए ।
यसरी प्रवेश गर्नेहरुमा डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्षसहित सहित वडा नं. १ का वडाध्यक्ष क्याल्पो भोटे थापा, २ नं. वडाका वडाध्यक्ष छोइक्याप भोटे, ३ नं. वडाका वडाध्यक्ष पाल्जाङ लामा र ६ नं. वडाका कार्यवाहक अध्यक्ष पेम्मा आङछुक गुरुङ लगायत रहेका छन् ।
अध्यक्ष प्रचण्डले डोल्पा जिल्लाका विभिन्न स्थानहरुको अवलोकन गर्दै जनतासँग छलफल अन्तक्र्रिया गरेका थिए । प्रचण्डका साथमा नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत, नेतृ सत्या पहाडी लगायतका नेताहरु पनि सहभागी रहेका छन् ।