January 18, 2022, Tuesday
२०७८ माघ ४
1:37:26 pm

जसपा प्रदेश १ का अध्यक्ष चाम्लिङले भने ‘सरकारमा सहभागी हुँदैमा मुद्दा समाप्त हुँदैन’

२०७८ कार्तिक १८

565

पथरी, मोरङ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का प्रदेश नम्बर १ अध्यक्ष प्रविण चाम्लिङले गठबन्धन सरकारमा सहभागी हुँदैमा आफूहरुको मुद्दा र आन्दोलन समाप्त नहुने बताएका छन् ।

बुधबार जसपा पथरी शनिश्चरे नगर समितिले आयोजना गरेको दशैं, तिहार, छठ, उधौली लगायत चाडपर्वहरूको अवसरमा आयोजित शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष चाम्लिङले यस्तो बताएका हुन् ।

मुलुकमा विद्यामान राजनीतिक समस्याहरूको समाधान गर्दै र प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै अघि बढ्ने दिशामा गठबन्धन दल अघि बढेको भन्दै चाम्लिङले भने –‘सरकारमा जादैँमा हाम्रो आन्दोलन सकिएको छैन, हिजो पनि हामी जनताका लागि सडकमै थियौं र आजपनि त्यही छौं ।’ उनले पहिचानसहितको सङ्घीयताको लागि निरन्तर राजनीतिक संघर्ष जारी रहेको स्पष्ट पारे ।

Advertisement

पार्टी सरकारमा हुँदा भएका निर्णयहरूलाई विश्लेषण गरेर ठीकलाई साथ समर्थन र गलतलाई प्रतिवाद गर्ने आलोचनात्मक चेतनाको विकास पार्टीको आधारभूत तहका समिति र नेता कार्यकर्ताहरूमा हुनुपर्नेमा जोड दिँदै केन्द्रीय सदस्य समेत रहेका चाम्लिङले आम नेपालीका सबै चाडपर्व र संस्कृतिको संरक्षणमा राज्यको दायित्व हुने बताए ।

उनले धार्मिक, भौगोलिक, साँस्कृतिक, शैक्षिक, वर्गीय र लंैगिक समानता भएमात्र समृद्ध समाजवादको सुरूवात हुनेमा जोड दिएका थिए । कार्यक्रममा जसपा प्रदेश १ सचिव एवम् केन्द्रीय सदस्य भरत दाहालले हाल बनेको गठबन्धन सरकारले देशलाई दुर्घटनाबाट बचाएको टिप्पणी गरे ।

सिरिजङ्गा धार्मिक वन, पथरी शनिश्चरे १ मा सम्पन्न कार्यक्रम जसपा पथरी शनिश्चरे नगर अध्यक्ष फिपराज बेघाको अध्यक्षतामा सम्पन्न भएको थियो ।