January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

शिक्षामन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

२०७८ कार्तिक १७

800

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँग बुधबार मन्त्रालयमा शिष्टचार भेटवार्ता भएको छ ।

भेटवार्तामा अष्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासका हुने सहयोगका विषयमा छलफल भएको हो । त्यसैगरी भेटवार्तामा मन्त्री पौडेलले सन् १९६० देखि द्धिपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै अष्ट्रेलिया सरकारले प्रदान गर्दै आएको शैक्षिक छात्रवृत्तिको कोटा बढाउन आग्रहमा राजदूत फेलिसिटीले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताइन् ।

उनले नेपालमा विकास सहयतामार्फत कोभिड महामहारीका बेला रेडियो कार्यक्रमलगायतका सहयोग गरेको बताउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

Advertisement

सन् २०२३ सम्म नेपाललाई शैक्षिक क्षेत्रको विकासका लागि १ मिलियन ९१० लाख अमेरिकन डलर सहयोग गर्ने राजदूत फेलिसिटीले आस्वास्न दिइन् ।