December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

एमालेलाई कुचो लगाएर बढार्ने हो, कुनाकाप्चामा धुलो अड्के भ्याकुम लगाउने होः गगन थापा

२०७८ कार्तिक १७

775

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने बताएका छन्। भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले एमालेलाई कुचोले बडार्ने बताएका हुन् ।

‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो । बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो,’ थापाले भने । थापाले अब हुने चुनावमा एमालेलाई स्थानीय तह, प्रदेश र केन्द्रमा हराउनुपर्ने बताए ।

थापाले विगतमा पनि कांग्रेस एक्लै निर्वाचन लड्दा पहिलो पार्टी बनेको बताए । नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धामा आउन केही समयअगाडि चेतावनी नै दिएका थिए ।

Advertisement