May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

केपी ओलीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो : माधव नेपाल

२०७८ कार्तिक १४

2.1K

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारले सीमा नाघेको आरोप लगाएका छन्। 
इन्जिनियरिङ एसोसिएसनको भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओलीजीको पालामा भ्रष्टाचारले सीमा नाघ्यो। म भ्रष्टाचार पनि गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ भन्ने तर, ओलीजीको बेलामा जस्तो भ्रष्टाचार अरू बेलामा भएको छैन।’ 

देश र जनताको आवश्यकताभन्दा बाहिर गएर बालुवाटारमा अनावश्यक हेलिप्याड बनाएको आरोप लगाए। अध्यक्ष नेपालले भने,‘१० मिनेटमा त्यहाँबाट विमानस्थल पुग्न सक्छौँ। तर, ओलीले बालुवाटारमा करोडौं खर्च गरेर हेलिप्याड बनाएका रहेछन्।’ 

Advertisement