काठमाडौ । गृहमन्त्री बालकृष्ण खाण मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका छन् । दमरोगका पीडित नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ लाई खाणले अस्पतालमै पुगेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
खाणले मंगलबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल गएर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचारबारे मन्त्री खाणले उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि जानकारी लिएका छन् । वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएको मन्त्री खाणले बताए ।