June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

नेकपा समाजवादीको सुनसरी सहइञ्चार्जमा नेतृ सुष्मा राई

3.8K

काठमाडौँ । महिला नेतृ सुष्मा राई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्य बनेकी छन् । पार्टीको असोज ५–७ मा बसेको केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ गते स्थायी कमिटीको सातौं बैठकले नेताहरुको कार्यभार र जिम्मेवारी विभाजन गर्ने क्रममा राईलाई केन्द्रीय सदस्य बनाउँदै सुनसरी जिल्ला सहइञ्चार्जको जिम्मेवारी तोकेको हो ।
लामो बेलायत बसेकी उनले बेलायत रहँदा गैरआवासीय नेपालीबीच वाम राजनीति सम्प्रेषण गरेकी थिइन् । उनी केही वर्ष यतादेखि नेपालमा पनि सक्रिय छिन् ।

नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी ओलिले गरेका प्रतिगमनविरुद्धको आन्दोलनमासमेत क्रियाशिल रुपमा लागेकी राईले समाजवादी पार्टी निर्माण अभियानमा सहयोग पु¥याउँदै आएकी छन् ।

Advertisement