June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

मोतीपुर घटनाको विश्लेषण गर्न गृहमा सुरक्षा समितिको बैठक

2.9K

काठमाडौँ — बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण गरी बस्नेहरु र प्रहरीबीच झडपको घटनापछि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । 

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको उपस्थिति थियो ।

बैठकमा सहभागी स्रोतका अनुसार मन्त्री खाँणले कुनैपनि हालतमा औद्योगिक क्षेत्रको जग्गालालई अतिक्रमण गर्न नदिनका लागि आवश्यक सुरक्षा व्यवस्थापन मिलाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

Advertisement

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सुकुम्बासी समूहले दर्जनौं पेट्रोल बम प्रहार गरेका थिए । त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी कारवाही गर्दै गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो भने ४९ प्रहरी र १६ सर्वसाधारण घाइते भएका थिए । घाइते मध्ये ४ सुरक्षाकर्मीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

झडपपछि मोतीपुर क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि प्रशासनले कर्फ्यू लगाएको छ ।