काठमाडौं । अखिल (क्रान्तिकारी)को महासचिवमा उपाध्यक्ष दिपेश पुन चयन भएका छन् । अखिल क्रान्तिकारीको काठमाडौंमा सम्पन्न २२औं सम्मेलनबाट पुन महासचिवमा चयन भएका हुन् । उनी यसअघि उपाध्यक्ष थिए ।
पुन २०४५ वैशाख १० गते रोल्पाको परिवर्तन गाउँपालिका २ राङ्सीमा जन्मिएका हुन । उनी उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका पुत्र हुन् ।
संगठन, व्यवस्थापन र राजनीतिक वैचारिक रुपमा कुशल मानिने पुन बाल्यकालदेखि नै जनयुद्धमा सक्रिय थिए । अध्यक्षमा दावी गरेका पुनले अध्यक्ष नपाए संगठन नै छाड्ने बताउँदै आएका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संगठनलाई सशक्त बनाउनका लागि महासचिवको जिम्मेवारीमा रहेर काम गर्न भन्दै महासचिवमा सिफारिस गरेपछि पुन महासचिव भएका हुन् ।
सम्मेलनले यसअघि नै अध्यक्षमा पञ्चा सिंह चयन भइसकेकी छन् । अध्यक्षमा सिंह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा नियुक्त भएकी थिइन् ।
अन्य पदहरूमा विद्यार्थी फेक्सन ईन्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङ लगायतले टुंग्याएका थिए ।