May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र कसैले पनि फरक मत दर्ज गरेनन्- विष्णु पौडेल

1.5K

काठमाडौ । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले अब पार्टी भित्र फरक मत नरहेको बताएका छन् । पार्टीका संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठन सहित सबै हिसावले एकतावद्ध रहेको दावी गरे ।

औपचारिक रुपले कसैले फरक मत नराखे पार्टीको निर्णयसँग सहमत रहेको बुझिने बताउदै पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पारे । औपचारीक रुपमा मेरो निर्णय यो हो भनी माइनुटमा दर्ज नभएसम्म पार्टीमा फरक मत छ भन्ने नमानिने बताए ।

पौडेलले माधव नेपालप्रति संकेत गर्दै स्वार्थवश, कुण्ठावश, इस्र्यावश केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरू पुनः फर्किने क्रम सुरु भएको बताए ।

Advertisement

उपमहासचिव पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने र त्यसले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अरु बढि प्रभावकारी बनाएर लैजाने विश्वास समेत व्यक्त गरे ।