काठमाडौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भएको छ ।
बैठकमा सोमबारको बैठकमा पेश भएका तीनवटा प्रस्तावमाथि छलफल हुने स्रोतले जनाएको छ । स्रोतका अनुसार आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको मोडल कस्तो हुने भन्ने प्रस्ताव, संगठन विस्तारसम्बन्धी प्रस्ताव र पार्टी स्कुलिङ सम्बन्धी प्रस्तावमाथि आजबाट छलफल सुरु हुनेछ ।