July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

रामचन्द्र पौडेल पक्षको बैठक बस्दै

1.8K

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोलाइएको छ । बुधबार दिउँसो १ बजे महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा संस्थापन इतरको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले ३ बजेका लागि पदाधिकारी बैठक बोलाएपछि १ बजे पौडेल पक्षको बैठक बस्न लागेको हो । बैठकमा पार्टी महाधिवेशन, क्रियाशील सदस्यतालगायतका विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री एवम् सभापति देउवाले पार्टीमा छलफल नगरी अघि बढ्न खोजेको भन्दै त्यसबारे पनि पौडेल पक्षमा छलफल हुने भएको एक नेताले जानकारी दिए ।

Advertisement

देउवा निकट नेता नारायण खड्कालाई पार्टीमा छलफल नगरी परराष्ट्रमन्त्री बनाउने तयारी गरेपछि पौडेल पक्ष असन्तुष्ट बनेको हो ।

आजै आशन्न महाधिवेशन, मन्त्रिपरिषद् विस्तार तथा पार्टीको आन्तरिक गतिविधिको विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।