May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

‘विनियोजन विधेयक, २०७८ विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतद्वारा स्वीकृत

495

काठमाडौ । ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई राष्ट्रियसभाले बहुमतद्वारा स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव पेस गरेका थिए ।

त्यसअघि बैठकमा नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले राजनीतिक दलसम्बन्धी अध्यादेशले विग्रह निम्त्याएको आरोप लगाएका थिए । उनले पार्टी अनुशासन विरोधी गतिविधि गरेका १४ सांसदमाथि आफ्नो पार्टीले गरेको कारबाहीसम्बन्धी सूचना प्रकाशित नगरिएका आपत्तिसमेत जनाए ।

राष्ट्रियसभाको अर्को बैठक यही असोज ७ गते दिउँसो २ बजे बस्नेछ

Advertisement