May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

विप्लव नेतृत्वनिकट विद्यार्थी संगठनले असोजमा राष्ट्रिय सम्मलेन गर्ने

1.2K

काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वनिकट विद्यार्थी संगठनले यही असोज महिनामा २२औं राष्ट्रिय सम्मलेन गर्ने भएको छ। साे संगठनकाे २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिको भदौ १० र ११ गते बसेको पुर्ण बैठकले असोज ६, ७ र ८ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।

आइतबार एक पत्रकार सम्मेलन गरेर आयोजक समितिले चिरन्जीबी ढकालको संयोजकत्वमा ३८ सदस्यीय २२औं राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको जानकारी दिइएको हो। समितिका संयोजक ढकालले असोज ६, ७ र ८ गते पोखरामा राष्ट्रिय सम्मेलन गर्ने बैठकले निर्णय गरेको जानकारी दिएका हुन्। ढकालले बैठकले ४ वटा महत्वपुर्ण निर्णय गरेको भन्दै २२ औं राष्ट्रिय सम्मेलनसँग सम्बन्धित विभिन्न उपसमितिहरु गठन गरेको बताए।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले विधान तथा प्रतिवेदन लेखन उपसमितिको सयोजकमा चिरन्जीबी ढकाललाई तोकेको छ। त्यस्तै सदस्यहरुमा प्रकाश शाही, विरेन्द्र बिक, मिलन राई, बिरेन्द्र शाख र शारदा भण्डारी रहेका छन्। यसैगरी, आर्थिक उपसमितिमा संयोजक प्रकाश शाहीलाई तोकिएको छ भने मिलन राई, नवराज भट्ट, अटल पाण्डे लगायत सदस्यहरु रहेका छन्।

Advertisement