May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

धर्नामा ऐक्यबद्धता जनाउन पौडेललगायत जिल्ला सभापतिहरूका नेता पार्टी कार्यालय जाँदै

1K

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू जिल्ला सभापतिहरूको धर्नामा ऐक्यबद्धता जनाउन पार्टी कार्यालय सानेपा जाने भएका छन्।

बुधबार बिहान नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको संस्थापनइतर समूहको बैठकले धर्नामा ऐक्यबद्धता जनाउने निर्णय गरेको हो। उनीहरु दिउँसो २ बजे जाने एक नेताले बताए।

धर्नामा बसेका कांग्रेस जिल्ला सभापतिहरूको मागबमोजिम क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्नुपर्ने बैठकको निष्कर्ष छ।

Advertisement

बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका नेताहरु सहभागी थिए।