February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

प्रदेश सांसद विमला वलीविरुद्ध अंश मुद्दा दर्ता

1.3K

दाङ- लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीविरुद्ध अंश मुद्दा परेको छ । सांसद वलीका दुई छोराहरू प्रणय वली (१२ वर्ष) र दिवाकर वली (९ वर्ष) का तर्फबाट साहिँलो बुबा अमरबहादुर वलीले दाङ–देउखुरी जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरेका हुन् ।

दाङ जिल्ला अदालतका श्रेस्तेदार धनसिंह गिरीले दाङको दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले सांसद विमला खत्रीविरुद्ध अंश मुद्दाको निवेदन दर्ता गरेको जानकारी दिए । श्रेस्तेदार गिरीका अनुसार यही भदौ ३ गते पेस भएको मुद्दाको दर्ता नम्बर ०७३ (०७८-००३६२) रहेको छ ।

Advertisement