March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

एमाले : केन्द्रमा फुट्दा प्रदेशमा जुट्यो

1.7K

हेटौंडा: लामो समयदेखिको एमाले विवाद आज टुंगो लागेको छ। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै एमाले आधिकारिक रुपमा फुटेर दुईवटा दल बन्न पुगेको हो ।

केन्द्रमा एमाले फुटेर दुई दलमा विभाजन हुँदा बागमती प्रदेशमा भने एमालेको दुई पक्ष एक बनेका छन्। लामो समयदेखि प्रदेशमा मिलेर केन्द्रलाई दबाब दिने बताउँदै आएका बागमती प्रदेशका सांसदहरुले केन्द्रमा एमाले फुटेकै दिन प्रदेशमा एकता गरेका हुन्।

मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकतालाई जोगाउने भन्दै संसदीय दलको नेताबाट राजीनामा दिएर माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यलाई दलको नेता बनाएका छन्। पौडेलले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएर शाक्यलाई आजै प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने तयारी गरेका छन्। ​

Advertisement

बागमती प्रदेशमा अब मुख्यमन्त्रीसहितको नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ। आज मुख्यमन्त्री नियुक्ति तथा सपथग्रहण गर्ने र भोलि मन्त्रिमण्डल गठन गर्ने तयारी छ । 

 बागमती प्रदेशमा रहेको एकसय ९ जना सांसदमा ५६ जना सांसदसहित एमाले बहुमतमा छ। तीमध्ये २३ जना नेपाल पक्ष र बाँकी ओली पक्षका छन्। तर आज शाक्यलाई दलको नेता चयन गर्न बसेको बैठकमा भने ४९ जना मात्रै सांसदको उपस्थिती रहेको थियो भने बाँकी ७ जना अनुपस्थित थिए।