काठमाडौं- एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएको कारण अब एमालेमा बस्नुको अर्थ नभएको बताएका छन् ।
सांसद तथा केन्द्रीय सदस्यको भेलामा सहभागी अन्य नेताहरूले ओलीसँगै पावर शेयरिङ गरेर एकतामा जानुपर्ने बताएपछि नेपाल ओली इमान्दार नभएको भन्दै आक्रोशित भएका थिए ।
‘यस विषयमा सांसद तथा केन्द्रीय सदस्यहरूले दुई जना बस्नु होस र आफू निकटका स्थायी कमिटीका सदस्यहरू पनि छलफल गर्नुहोस् । विभाजनतर्फ जानु भएन । केपी शर्मा ओलीतर्फ पनि दबाब गइरहेको छ । तर नेपालबीचमै निस्कनु भयो । एकदमै एग्रेसिभ हुनुहुन्थ्यो,’ नेपाललाई उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘केपी शर्मा ओली इमानदार नभएपछि एमालेमा बस्नु के अर्थ छ भन्नुभयो । ओली पावर शेयरिङको विषयमा इमानदार भएर आउनु पर्यो । मौखिक रुपमा होइन बैठकमा आउनु पर्यो । उहाँले विकल्प भने छाड्नु भएको छ ।