January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

प्रचण्डको प्रस्ताव ‘त्रुटिपूर्ण’ भन्दै सच्याउन माग

1.4K

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याएको अधिवेशन प्रस्तावको क्यालेण्डर त्रुटिपूर्ण रहेको केन्द्रीय सदस्यहरुले बताएका छन् । अध्यक्ष प्रचण्डले बनाएको प्रस्तावमाथि आइतबार छलफल गर्नेक्रममा उनीहरुले यस्तो बताएका हुन् । क्यालेन्डरमा त्रुटि देखिएपछि आइतबारको बैठकमा नेताहरूले दशैँलाई ख्याल गर्दै कार्यसूची सच्याउन माग गरेका छन् ।

शनिबार केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको विभिन्न तहका अधिवेशनहरूको मिति प्रस्ताव गरेका थिए । तर, प्रचण्डले यसरी कार्यसूची बनाउँदा दसैँ पर्वलाई चटक्कै बिर्सिएको भन्दै कार्यसूची सच्याउन माग गरेका हुन् ।

mostbet

यस वर्षको दसैँ असोज २९ गते परेको छ । तर, अध्यक्ष प्रचण्डले टीकाको भोलिपल्टै नै असोज ३० गते ७५६ वटै स्थानीय तहमा गाउँ–नगर अधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

Advertisement

आइतबारको बैठकमा गण्डकी प्रदेशका नेता हितराज पाण्डेले गाउँ नगर सम्मेलनको मिति दसैँपछि सार्न माग गरेका छन् भने सुदूरपश्चिमका नेताले पनि दसैँका बेला अधिवेशन उपयुक्त नभएकाले बताउँदै मिति सच्याउन माग गरेका छन् । अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको गाउँ नगर अधिवेशनको दिन दसैँ परेका कारण यसलाई पछाडि सार्न अधिकांश नेताहरूले माग गरेका हुन् ।