काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष प्रस्तुत हुने बताइएको छ । उक्त प्रतिवेदनमाथि छलफलका लागि आठवटा समूह बनाइएको छ । नेताहरुले समूहमा छलफल गरेका छन् ।
प्रतिवेदनमा प्रचण्डले पार्टीको राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गरेका छन् ।