March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबारदेखि

2.1K

काठमाडाैं । नेकपा(माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक शनिबारदेखि उपत्यकामा शुरु हुने भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने जनाइएकाे छ ।

उक्त प्रस्तावमा अध्यक्ष प्रचण्डले आगामी कार्यक्रम र याेजना पेश गर्ने पनि जनाइएकाे छ । यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समितिको बैठकमा पार्टी सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

Advertisement

अध्यक्ष प्रचण्डले वामलोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन निर्देश गरेका छन् । बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वर्द्धनका विषयमा छलफल भएको थियो ।